logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • मुगुको सोरु गाउँपालिकामा ८ बर्षपछि पालिका केन्द्र निर्धारण

    मुगुको सोरु गाउँपालिकामा ८ बर्षपछि पालिका केन्द्र निर्धारण

    756
    Shares
    मुगुको सोरु गाउँपालिकामा ८ बर्षपछि पालिका केन्द्र निर्धारण

    सनत हमाल/मुगु । जिल्लास्थित सोरु गाउँपालिकामा ८ बर्षपछि पालिका केन्द्र निर्धारण गरिएको छ । १४ औँ गाउँसभामा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, सदस्य र कार्यपालिकाका सदस्यहरुको बहुमत निर्णयले पालिका केन्द्र सोरुकोटमै निर्धारण गरिएको प्रमुख प्रशासकिय अधिकृत तीर्थराज शाहीले जानकारी दिए ।

    स्थानीय तह संचालन भएको ८ बर्षसम्म यस सोरु गाउँपालिकाको पाालिका केन्द्र निर्धारण नहुँदा पूर्वाधार निर्माणदेखि प्रशासनिक कामकाज गर्न गाह्रो भएपछि यो पटकको १४ औँ गाउँसभाले पहिलो निर्णय पालिका केन्द्र सोरुकोटमा तोकेको उनको भनाई छ ।

    बिगत ८ बर्षदेखि अस्थायी रुपमा सोरुकोटमा पालिकास्तरका बिकास निर्माणका कामकाजदेखि सेवाग्राहीका सेवा प्रवाह गर्दै आएको भएपनि अस्थाथी पालिका केन्द्रले गर्दा जनप्रतिनिधिदेखि कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको थियो ।

    गाउँपालिकाले आइतबार प्रेस विज्ञप्ती जारी गरि सोरु गाउँपालिकाको पालिका केन्द्र सोरुकोटमै तोकिएको निर्णय सार्बजनिक गरि सबैलाई जानकारी गराएको हाे । ६ वडाका जनप्रतिनिधिले पालिका केन्द्र जिमा कुलाहामा हुनुपर्ने र ५ वडाका जनप्रतिनिधिले सोरुकोटमा पालिका केन्द्र हुनुपर्ने अडानका कारण केन्द्र निर्धारण अन्याेल उत्पन्न भएको अबस्थामा यो पटक सबै जनप्रतिनिधिले सोरुकोट राख्ने सहमति गरेका हुन् ।

    सोरुकोटमा बिद्युत, बैंक, प्रहरी चाैकी, खाद्य डिपो, सडक पूर्वाधार, बजार ब्यवस्था बिद्यालय लगायत सबैको पहुँच भएकोले १४ औँ गाउँसभाले पालिका केन्द्र सोरुकोट राख्ने बहुमतले निर्णय गरिएको पालिका अध्यक्ष धर्मबहादुर शाहीको भनाई छ । केन्द्र निर्धारण टुङ्गो लागेपछि जग्गा खरिद गरि पालिका भित्रका सबै बिषयगत पूर्वाधार निर्माणमा काम अघि बढाउने अध्यक्षको भनाई छ ।

    पालिका केन्द्र निर्धारण्को लागि पटक पटक छलफल बहस भइरहेको अबस्थामा १४ औँ गाउँसभाबाट पालिका केन्द्र निर्धारण गरेपछि सोरुबासी खुशी भएका छन । सोरु गाउँपालिकाले यो पटक एउटा महत्वपूर्ण पालिका केन्द्र निर्धारण गरेको संघीय सांसद ऐनबहादुर शाहीले बताए । उनले भने ‘अब भौतिक संरचना निर्माणमा पालिकाले ध्यान दिन पर्छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend