logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सोलुदुधकुण्डले ल्यायो ६७ करोड बढीको बजेट, कृषि उत्पादनमा जोड

    सोलुदुधकुण्डले ल्यायो ६७ करोड बढीको बजेट, कृषि उत्पादनमा जोड

    1.6K
    Shares
    सोलुदुधकुण्डले ल्यायो ६७ करोड बढीको बजेट, कृषि उत्पादनमा जोड

    काठमाडौं । सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

    सोमबार नगरपालिकामा एक कार्यक्रम गर्दै पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।

    नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६७ करोड ६२ लाख ९३ हजार ९ सय ९८ रुपैयाँको बजेट ल्याएको छ ।

    बजेट सार्वजनिक गर्ने क्रममा सोलुदुधकुण्डका मेयर नाम्गेल जाङबु शेर्पाले कृषि उत्पादन र बजारीकरणलाई जोड दिएको बताए ।

    उनले किसान सूचिकरण मार्फत अवस्था र आवश्यकता पहिचान गर्दै रैथाने बाली प्रवद्र्धन, कृषि उत्पादन आयात भन्दा निर्यातलाई प्रोत्साहन गर्ने नीतिमा जोड दिए । चिया खेतीको संभाव्यताको अध्ययन, किवि, आलु, माछा पालन प्रोत्साहन अनुदान दिने देखि परम्परागत सीपको व्यवसायिकतामा जोड र उद्यमीको विकासलाई प्राथमिकता दिने मेयर शेर्पाको भनाई थियो ।

    त्यस्तै आगामी आर्थिक वर्षमा नगरले पर्यटकीय क्षेत्रमा आवश्यकताको आधारमा पूर्वाधार निर्माण गर्ने, पर्यटकीय साहसिक खेल सञ्चालनमा तदारुकता देखाउने लगायतका नीति लिने उनले उल्लेख गरे ।

    सडक तर्फ सल्लेरीदेखि माप्य दुधकोशी र फाप्लु देखि टाक्सिन्दु हुदैँ खुम्बु जोड्ने सडकको कालोपत्रेको काम समयमै सम्पन्न गर्ने र नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु गर्ने र वडा नं १, ८ र १० को प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह सुरु गर्ने तयारी रहेको बताए ।

    सोलुदुधकुण्ड नगरपालिका बित्तिय अनुशासनमा समेत उत्कृष्ट देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को ६१औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ८ वटा स्थानीय तहमध्ये सोलुदुधकुण्डमा सबै भन्दा कम र बेरुजु देखिएको थियो ।

    महालेखाका अनुसार बेरुजु उल्लेख्य घटाएर बित्तिय अनुशासनमा उत्कृष्ट देखिएका प्रदेश १ का थोरै स्थानिय तहहरु मध्य सोलुदुधकुण्ड नगरपालिका पनि परेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend