logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट व्यापार बढेर पुग्यो १० अर्ब ३३ करोड

    वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट व्यापार बढेर पुग्यो १० अर्ब ३३ करोड

    812
    Shares
    वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट व्यापार बढेर पुग्यो १० अर्ब ३३ करोड

    काठमाडौं । विदेशी लगानीसमेत रहेको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको व्यापार १० प्रतिशत बढेको छ । गत वर्ष वर्ल्डलिंक कम्युनिकेसनले १० अर्ब ३३ करोड २० लाख रुपैयाँ इन्टरनेट व्यापार गरेको छ । एक वर्षमा कम्पनीको व्यापार ९४ करोड १० लाख रुपैयाँ बढेको सार्वजनिक भएको वित्तीय विवरणले देखाएको छ ।

    २०२२ मा वर्ल्डलिंकले ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ व्यापार गरेको थियो । यस्तै २०२१ म ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२० मा ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो । २०१९ मा ५ अर्ब ४ करोड रुपैयाँबराबरको कारोबार गरेको कम्पनीले जनाएको छ । पाँच वर्षको वित्तीय विवरण हेर्दा कम्पनीका कारोबारमा बढोत्तरी देखिएको छ ।

    कूल आम्दानीको आधा हिस्सा इन्टरनेट सेवा बिक्रीबाट भएको छ । ४२ प्रतिशत अनुगमन र प्राविधिक सहयोग र बाँकी ८ प्रतिशत सेवा, उपकरण बिक्रीबाट आम्दानी भएको कम्पनीले जनाएको छ ।

    आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको मार्जिन बढेर ३३ प्रतिशत पुगेको छ । २०२२ मा मार्जिन ३१ प्रतिशत थियो । इन्टरनेट हिस्सा २९ प्रतिशत रहेको वर्ल्डलिंक कम्युनिकेसनले दाबी गरेको छ । २०२४ को अप्रिल मसान्तसम्म कम्पनीको ग्राहक संख्या बढेर ८.९९ लाख पुगेको जनाएको छ ।

    नियामक नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार गत वर्षसम्म नेपालमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २७ लाख १ हजार ४ सय ९४ थियो । कम्पनीको सक्रिय ग्राहक संख्या दिगो आधारमा बढ्दै गएको छ । कम्पनीले देशको ४० प्रतिशत भन्दा बढी इन्टरनेट ब्यान्डविथ बोक्छ । वर्ल्डलिंक कम्युनिकेसन ७० वटा भन्दा बढी जिल्लाहरू समेट्ने व्यापक कभरेज छ । कार्यालय र संगठनहरूसँग १० हजार प्लस इन्टरप्राइज सर्किटहरू जोडिएका छन् भने कम्पनीको नेपालभर १ सय ४० शाखा सञ्चालनमा छन् । सन् २०१८ मा कम्पनीले फिनिश बहुराष्ट्रिय आईटीसँग साझेदारीको घोषणा गरेको थियो ।

    पूर्वाधार निर्माण कम्पनी नोकियाले आफ्नो एफटीटीएच नेटवर्कलाई १० लाख नेपाली घरधुरीमा पुर्याउने भएको छ । देशभर यसको फाइबर नेटवर्कको कुल १३ हजार ६ सय ४६ किलोमिटर लामो छ । गत वर्ष कम्पनीले १ सय ५० नयाँ स्थानहरूमा नेटवर्क पूर्वाधार स्थापना गरेको छ । जसको लागि महत्त्वपूर्ण पूँजी अतिरिक्त ऋण, ताजा इक्विटी इन्फ्युजन र आन्तरिक आम्दानीमार्फत खर्च गरिएको छ ।

    वर्ल्डलिंक कम्युनिकेसन ३ अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । कम्पनीले ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट (बिआइआई) को १ अर्ब ८ करोड र डोल्मा इम्प्याक्ट फण्डलगायत ९० करोड बाट गरी कूल २ अर्ब ९८ करोड रुपैयाँ ऋण लिएको छ ।

    यस्तै वर्ल्डलिंकले रोयल्टी र ग्रामीण दुरसञ्चार कोषको गरी कूल २ अर्ब रुपैयाँ बुझाउनुपर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७२ ०७३ को वार्षिक प्रतिवेदनदेखि हरेक वर्ष निरन्तर इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई बुझाउनुपर्ने रोयल्टी राजस्व सरकारलाई प्राप्त नभएकाले कानुन बमोजिम असुल गर्नुपर्ने बेरुजु भनी औंल्याएको थियो । सर्वोच्च अदालतले सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला गरेपछि कम्पनीले २ अर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था आएको हो ।

    २०१९ मा बेलायती लगानीकर्ता सिडिसी ग्रुपको प्रवेशपछि कम्पनीको व्यवसाय विस्तार भएको हाे । सिडिसीले वर्ल्डलिंकको १० प्रतिशत स्वामित्व खरिद गरेको छ। सिडिसीले कम्पनीमा त्यसबेला १ अर्ब ३५ करोड रुपैयाँ (१ करोड २० लाख डलर) लगानी गरेको थियो । उक्त लगानीपछि कम्पनीको इन्टरनेट सेवाका ग्राहक संख्या बढ्नुका साथै आम्दानी पनि बढ्दै गएको हो । बिआइआई पूर्ण स्वामित्वमा रहेको बेलायतको विकास वित्त संस्था हो । यसले उदीयमान अर्थतन्त्रहरूमा १५ सय भन्दा बढी व्यवसायहरूमा कुल नेट सम्पत्तिको साथ लगानी गरेको छ ।

    डोल्मा इम्प्याक्ट फण्ड संस्थागत लगानीकर्ता हो र यो उपलब्ध गराउने नेपालको पहिलो व्यावसायिक प्रभाव कोष हो । बलियो उद्यमशीलता र व्यवस्थापन क्षमताहरु संग साना र मझौला उद्यमका लागि डोल्माले लगानी गरेको छ । सेवा विस्तार गर्न कम्पनीले २०२३ मा २ अर्ब रुपैयाँ लगानी थप्ने योजना सार्वजनिक गरेको थियो । सन् २०१२ मा वल्र्डलिंकले एफटिटिएच (फाइबर टु द होम) प्रविधि ल्याएको थियो।

    सन् १९९६ मा स्थापना भएको वर्ल्डलिंक २०१९ अप्रिलमा पब्लिक लिमिटेडमा परिणत भएको हो । कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्कासन तयारी गरेको छ ।

    कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवाल र कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल हुन्। विजयकुमार जलान र सिडिसीबाट अरुण कोराती कम्पनीको सञ्चालक हुन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव नेपाल छन् ।

    याे पनि : 

    सर्वोच्च अदालतद्धारा वर्ल्डलिंक कम्युनिकेसनकोे सबै रिट खारेज, २ अर्ब कर बुझाउनुपर्ने

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend