logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • समाजलाई रुपान्तरण गर्न समाजवादी दिशामा जान चाहेका छाैँ : अध्यक्ष नेपाल

    समाजलाई रुपान्तरण गर्न समाजवादी दिशामा जान चाहेका छाैँ : अध्यक्ष नेपाल

    539
    Shares
    समाजलाई रुपान्तरण गर्न समाजवादी दिशामा जान चाहेका छाैँ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्तिका बिरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले आफूहरु समाजलाई रुपान्तरण गर्न समाजवादी दिशामा जान चाहेको बताए । नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरुलाई अगाडि बढाउन आवश्यक रहेको पनि उनले बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफूहरुले बिद्रोहको ज्वाला दन्काएको बताए । उनले कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति, विसंगतिका बिरुद्धमा बिद्रोहको ज्वाला दन्काएको दाबी गरे ।

    उनले भने, ‘हामी यो समाजलाई रुपान्तरण गर्न चाहन्छाैँ, समाजवादी दिशामा जान चाहन्छौँ, त्यसका लागि समाजवादी संस्कृतिको विकास गर्न चाहन्छाैँ, पुँजीवादी संस्कृतिका बिरुद्धमा समाजमा रहेका सबै विसंगति र विकृतिका बिरुद्धमा व्यक्तिहरुमा रहेको व्यक्तिवाददेखि लिएर चरम महत्वकांक्षादेखि लिएर अनेकौँ खालका त्यस्ता गलत प्रवृत्तिका बिरुद्धमा हामी नयाँ सांस्कृतिक जागरण पैदा गर्न चाहन्छाैँ ।

    यो सांस्कृतिक जागरणको अभियन्ताको रुपमा तपाईंहरुले नयाँ नयाँ गीतहरुको रचना गर्नुपर्छ । नयाँ नयाँ नाटकहरुको रचना गर्नुपर्छ । नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरुलाई अगाडि बढाउनुपर्छ । यि खुबी र क्षमता भएका युवाहरु देशका विभिन्न ठाउँमा छरिएका छन् । विभिन्न समुदायमा रहेका छन् भने उनीहरुलाई पनि तपाईंहरुले एकत्रित गर्नुपर्छ । हामी सबैलाई थाहा छ, नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौँ । बिद्रोह गर्ने आँट गरेका छाैँ, कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति, विसंगतिका बिरुद्धमा बिद्रोहको ज्वाला दन्काएका छौँ ।

    एक्लै भएपनि अघि बढ्ने हिम्मत गरेका छाैँ । एक्ला चलो, एक्ला चलो, एक्ला चलो रे भन्दै हामी अघि बढ्यौँ । हाम्रो साथमा देशभरका नेता र कार्यकर्ताहरु जुट्दै जुट्दै ७७ जिल्लामै संगठन बिस्तर गर्दै पालिका, वडामा जनसंगठन निर्माण गर्दै अघि बढेका छौँ ।’

    अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भुमिकाप्रति गौरववोध गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend