logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालमा युपिआईको प्रयोग बढ्दै, फोनपेले गर्यो २५ करोड भन्दा बढी कारोबार

    नेपालमा युपिआईको प्रयोग बढ्दै, फोनपेले गर्यो २५ करोड भन्दा बढी कारोबार

    987
    Shares
    नेपालमा युपिआईको प्रयोग बढ्दै, फोनपेले गर्यो २५ करोड भन्दा बढी कारोबार

    काठमाडौं । नेपालमा यूनिफाइड पेमेन्ट्स इन्टरफेस (युपिआई) को प्रयोग गर्ने भारतीय पर्यटकको संख्या बढ्दै गएको छ। फोनपेले युपिआई प्रयोग गर्ने भारतीयको संख्या वृद्धि भएको जनाएको हो।

    २०२४ फेब्रुअरी २८ मा सुरु भएदेखि युपिआईको प्रयोगबाट २५ करोड रुपैयाँ भन्दा बढी रकमको कारोबार भएको फोनपेले जनाएको छ।

    गर्मी महिना भएकाले भारतबाट नेपालमा आउने पर्यटकको संख्या अहिले उल्लेख्य बढिरहेको छ। काठमाडौंसहित पोखरा लगायतका जिल्लामा पुग्ने भारतीयलाई युपिआई भुक्तानीको प्रयोगले मुद्रा साट्ने वा नगद बोक्ने आवश्यकता हटाएको छ।

    फोनपेले युपिआई भुक्तानीको सजिलो, सुरक्षा, र तत्काल सेवाले भारतीय पर्यटकहरूको कारोबारमा वृद्धि ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ। यो सेवाका कारण भारतीयको नेपाल भ्रमणलाई अझ सुविधाजनक भएको कम्पनीको दाबी छ।

    बलियो बैंक तथा वित्तीय संस्था (बीएफआई) नेटवर्क सहित फोनपेले नेपालमा युपिआई भुक्तानीको सुविधा दिइरहेको छ। अहिले नेपालको ८० प्रतिशत क्युआर कोड प्रणालीले फोनपे मार्फत युपिआई भुक्तानी लिन सक्ने कम्पनीले जनाएको छ।

    फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमारले भने, ‘नेपालमा युपिआई भुक्तानीलाई ग्राहकहरुले यसरी छिट्टै अपनाउँदा यसले सहज र सुरक्षित डिजिटल भुक्तानीको बढ्दो माग भएको देखिएको छ। हामी यस डिजिटल परिवर्तनमा प्रमुख भूमिका खेल्न र नेपाली नागरिकहरू र भारतीय यात्रुहरुलाई सहज भुक्तानी विकल्प दिन पाउँदा धेरै खुशी छौं।’

    कम्पनीले आगामी दिनमा नेपाली नागरिकले भारतमा पनि युपिआई भुक्तानी गर्न सकून् भनेर प्राविधिक र सञ्चालन तयारी पूरा गरिसकेको जनाएको छ। यसका लागि फोनेपेले नेपाल राष्ट्र बैंकको अनुमति कुरिरहेको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend