logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक छ : मन्त्री भण्डारी

    नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक छ : मन्त्री भण्डारी

    490
    Shares
    नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक छ : मन्त्री भण्डारी

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा स्वदेशी तथा विदेशी दुवै लगानी आवश्यक रहेको बताएका छन् ।

    मंगलवार प्रतिनिधि सभाको बैठकमा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।

    दुवै लगानीलाई संवद्र्धन गर्न, लगानीको उपयुक्त वातावरण बनाउन पहिलो शर्त सरकारको तर्फबाट कानूनहरुमा सुधार, नीतिहरुमा सुधार, नीतिमा प्रष्टता यतिखेरको आवश्यकता सरकारले महशुस भएको बताए । उनले एउटा मन्त्रालयले एउटा काम गर्न खोज्दा ऐन अर्को मन्त्रालयबाट बाझिने खालका जटिलताहरु रहेको भन्दै जटिलता फुकाउन लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिएको बताए ।

    उनले लगानी सम्मेलन कति सफल/असफल भएको बारे समीक्षा हुने पनि बताए । उनले भने, ‘नेपालमा स्वदेशी तथा विदेशी लगानी दुवै लगानी प्राथमिकताका हिसावले वाह्य लगानी पनि जरुरी छ, आन्तरिक लगानी पनि जरुरी छ । दुवै लगानीलाई संवद्र्धन गर्न, लगानीको उपयुक्त वातावरण बनाउन पहिलो शर्त सरकारको तर्फबाट कानूनहरुमा सुधार, नीतिहरुमा सुधार, नीतिमा प्रष्टता यतिखेरको आवश्यकता सरकारले महशुस गरेको छ ।

    अहिले पनि हामीले यि थुप्रै कानूनहरु किन संशोधन गर्यौँ किन यो प्रश्ताव ल्यायौँ भन्दा अन्तरमन्त्रालयसँग अहिले पनि त्यो खालको उपयुक्त वातावरण छैन । एउटा मन्त्रालयले एउटा काम गर्न खोज्दा ऐन अर्को मन्त्रालयबाट बाझिने खालका यि जटिलताहरु हामीले भोगिरहेका छौँ ।

    लगानी सम्मेलन कति सफल बन्नसक्यो, कति त्यसका सकारात्मक सन्देशहरु हामीले प्रवाह गर्नसक्यौँ, लगानी सम्मेलनबाट कति उत्साह पैदा गर्नसक्यौँ, कति उत्साह पैदा हुन सकेन । कति सफल भयो, कति असफल र रह्यो । त्यसको पनि एउटा समीक्षा गरौँला ।’

    मन्त्री भण्डारीले लगानीका लागि संशोधनको प्रश्ताव गरिएको ऐन पनि पर्याप्त नरहेको तर सरकारले शुरुवात गरेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend