logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया अन्तिम १६ मा

    नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया अन्तिम १६ मा

    560
    Shares
    नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया अन्तिम १६ मा

    काठमाडौं । युरोकप फुटबलमा अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ ।

    गएराति भएको समूह ‘डी’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई ३–२ गोलले हराउँदै अस्ट्रिया समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।

    अष्ट्रियाका लागि रोमानो स्मिड र मार्सेल साबिट्जरले एक–एक गोल गरेका थिए । एक गोल भने नेदरल्याण्ड्सबाट आत्मघाती भएको थियो ।

    यस्तै, नेदरल्याण्ड्सका लागि कोडी गाक्पो र मेम्फिस डिपायले एक–एक गोल गरेका थिए ।

    यो जितसँगै अष्ट्रिया ३ खेलबाट ६ अंकका साथ शीर्षस्थानमा रहँदै समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ ।

    यस्तै दोस्रो स्थानको फ्रान्सको ५ अंक छ भने नेदरल्याण्ड्सको ४ अंक छ । जितविहीन पोल्यान्ड १ अंक जोड्दै बाहिरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend