काठमाडौं । कोपा अमेरिका फुटबलमा क्यानडाले पहिलो जित निकालेको छ ।
आज बिहान सम्पन्न खेलमा पेरुलाई १–० गोलले हराउँदै क्यानडा विजयी भएको हो ।
क्यानडाका लागि जोनाथन डेभिडले एक गोल गरेका थिए ।
खेलको ५९औँ मिनेटमा मिगुएल अराउजोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि पराजित भएको पेरु १० जनामा सिमित भएको थियो ।
यो जितसँगै क्यानडा ३ अंकसहित समूह ‘ए’को दोस्रो स्थानमा छ ।
पराजित भएको पेरु १ अंकसहित पुछारमा छ । यस्तै अर्जेन्टिना ४ अंक जोडेर शीर्षस्थानमा छ ।
२ अंक भएको चिली तेस्रो स्थानमा छ ।