logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ : सांसद साउद

    सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ : सांसद साउद

    378
    Shares
    सरकारले राजदुत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ : सांसद साउद

    काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले सरकारले ११ देशका राजदुत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद साउदले नेपालले आफ्नो कुटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशालि ११ राष्ट्रमा रहेका राजदुतहरु फिर्ता बोलाएको बताए ।

    उनले सरकारले राजदुत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कुटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए । उनले सत्ता गठबन्धनका बिचमा भागबण्डा गरेर राजदुत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदुत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको बताए । उनले नेपालको कुटनीतिक क्षमता र विश्वसनीयतासित नखेल्न सरकारसँग आग्रह पनि गरे ।

    उनले भने – ‘सत्ता गठबन्धनका दलहरुले भागबण्डा गरेर राजदुत नियुक्ति गर्ने काम गरेका छन् । यसरी नियुक्ति गर्दाखेरी केही नियुक्त गरेका राजदुतहरुले हाम्रो नैतिकताले त्यो जिम्मेवारीमा बस्न मिल्दैन । त्यसकारण एउटा मापदण्ड विहिन र स्वीकृति विहिन किसिमको ठाउँमा हामीबाट स्वीकृति नलिइ हामीले बस्न मिल्दैन भनेर पद परित्याग गरेको अवस्था पनि छ । केही नियुक्त भएका मान्छेहरुको कन्फ्लिक्ट अफ इन्ट्रेष्टका कुरापनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ ।

    केही राजनीतिक दलहरुले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रुपमा राजदुत चयन गर्दैछन् । दलहरुले विज्ञापन निकालेर । यसले नेपालको कुटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ । त्यसकारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ । फिर्ता लिनुपर्छ । नेपालको कुटनीतिक क्षमता, विश्वसनीयतासित खेल्नु हुँदैन । म यो आग्रह गर्न चाहन्छु ।’

    उनले बिआरआई परियोजना कार्यान्वयनको सम्बन्धमा सरकारले गरेको पहल स्पष्ट रुपमा भन्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend