logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आजपनि घट्यो शेयर बजार, ३ अर्ब माथिकाे कारोबार

    आजपनि घट्यो शेयर बजार, ३ अर्ब माथिकाे कारोबार

    616
    Shares
    आजपनि घट्यो शेयर बजार, ३ अर्ब माथिकाे कारोबार

    काठमाडौँ । आजपनि शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २०५१.९२ बिन्दुमा बन्द भएको छ ।

    आज ४७ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।

    आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज नेपाल फाइनान्सको कम्पनीको २२ करोड ७६ लाख रुपैयााको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज त्रिशुली जलविद्युतका लगानीकर्ताले ७ दशलमव ०९ प्रतिशतका दरले कमाएका छन् । महालक्ष्मी डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् ।

    त्यस्तै, नेपाल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

    बिहिबार १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४३ प्रतिशत, फाइनान्स समूहको २.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५१ प्रतिशत, हाइड्रोपावर समूहको ०.४५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२० प्रतिशतले घटेको हो ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend