logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पानामाले अमेरिकालाई २-१ गोल अन्तरले हरायो

    पानामाले अमेरिकालाई २-१ गोल अन्तरले हरायो

    287
    Shares
    पानामाले अमेरिकालाई २-१ गोल अन्तरले हरायो

    काठमाडौं । जारी कोपा अमेरिकामा पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ ।

    समुह सी को खेलमा पानामाले अमेरिकालाई २-१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

    पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक एक गोल गरेका थिए । त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरे ।

    पानामाको यो जितपछि समुह सी मा २ खेलमा ३ अंक हासिल गरेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ ।

    अब पानामाले आफ्नो समुह चरणको अन्तिम खेल जुलाई २ मा बोलिभियासँग खेल्ने छ ।
    अमेरिकाले उरुग्वेको सामना गर्ने छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend