logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

    धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

    805
    Shares
    धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नको लागि गठन गरिएको सिफारिस समितिको आज बसेको बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी सबै प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

    अर्थमन्त्रायले एक सूचना जारी गर्दै बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरिएको जाकारी दिएको छ।

    सूचनामा भनिएको छ, ‘बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको असार १४ को निर्णय अनुसार बोर्डको अध्यक्षको निमित् नाम सिफारिस गर्नको लागि २०८० चैत १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रिया रद्द गरिएको छ ।’

    यससँगै अब नयाँ अध्यक्ष नियुक्तीका लागि पुनः नयाँ प्रक्रिया सुरु हुनेछ ।

    अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको अन्तर्वार्ता पहिलो चरणमा नै भएको थियो। तर, बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ लगातार दुई पटकसम्म अनुपस्थित भएका थिए।

    कानुनी व्यवस्थाअनुसार छनौट समितिले कम्तीमा तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गर्नुपर्ने व्यवस्था छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend