logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम होइन : अध्यक्ष ओली

    जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम होइन : अध्यक्ष ओली

    861
    Shares
    जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम होइन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन् । शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको बताए । उनले जनताको बहुदलीय जनवाद ओठेभक्ति नभएको बताए । अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको बताए । उनले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरुलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताए । उनले जबज्ले अहिले पनि मार्गदर्शन गरिरहेको बताए । उनले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको बताए ।

    उनले भने, ‘जनताको बहुदलीय जनवादले हामीलाई लगातार अझ बढी प्रभावकारी ढंगले अघि लगेको छ । जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरिरहेको छ । हामी जनताको बहुदलीय जनवादप्रति ओठेभक्ति होइन । आफ्नो स्वार्थ पूरा गर्नका लागि होइन । मौका मिले जबज कार्यक्रम हो, मौका नमिले होइन । अझ राम्रै मौका मिल्ने भयो भने सिद्धान्त हो, मौका नमिले होइन । अझै राम्रो मौका मिल्ने हो भने मार्गदर्शक सिद्धान्तै हो ल जा । स्वार्थ पूरा नगर्ने भए केही पनि होइन ।

    यस्तो खालको जबजप्रतिको हाम्रो दृष्टिकोण, हाम्रो निष्ठा यस प्रकारको मौकाप्रस्थ होइन । जबज हामीले भनेको मदन भण्डारी हाम्रो अत्यन्त निकट मित्र हुनुहुन्थ्यो, नेता हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो, आफन्त हुनुहुन्थ्यो, चिने जानेको मान्छे हुनुहुन्थ्यो, उहाँको अगुवाईमा भएको हुनाले जबज त कसरी छोड्ने ? भन्नेकुरा होइन ।

    यो देशको अग्रगमनका लागि जननेता मदन भण्डारीले उहाँको अगुवाईमा यसमा धेरै अतिसयुक्ति हुनु हुँदैन । उहाँको अगुवाईमा नेकपा एमालेले जनताको बहुदलीय जनवाद प्रत्युत्पादन गर्यो । जबज कुनै ध्यानबाट, तपबाट कुनै आसन, व्यायाम, ध्यान कठोर तपस्या यस्ता कुराबाट होइन । ध्यान देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति हो ।’

    फरक प्रसंगमा अध्यक्ष ओलीले २८ प्रतिशत वन क्षेत्रलाई सघन वन क्षेत्रमा नै परिणत गर्नुपर्ने र करिव ४० प्रतिशत सघन वन क्षेत्र बनाउनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend