logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्याैँ : अध्यक्ष नेपाल

    एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्याैँ : अध्यक्ष नेपाल

    1.1K
    Shares
    एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्याैँ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एमाले)बाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताएका हुन् ।

    उनले एमालेबाट विद्रोह गरेर आफूहरुले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताए । उनले आफुहरुले मुलुकलाई सही दिशामा अगाडी बढाउन भुमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए । उनले एमालेबाट विद्रोह नगरेको भए आफुहरु गल्लीमा भड्किइरहेको अवस्थामा हुने बताए । उनले आफूहरुले आत्मसर्मपण नगरेको बताए ।

    उनले भने – ‘विद्रोह बाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौँ हामीले । विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्यौँ । विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडी बढाउनका लागि भुमिका निर्वाह गर्यौँ । अत्यन्तै सही काम गर्यौँ । कम्युनिस्ट आन्दोलनलाई जोगायौँ । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ । र आन्दोलनलाई नयाँ उचाईमा पर्याउनका लागि फेरीपनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि नयाँ पार्टी निर्माण गर्यौँ ।

    नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्यौँ । नभए हामी हराइसकेका हुन्थ्यौँ । हामीले गल्लीमा भड्किइरहनुपर्ने स्थिति बन्थ्यो । आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ति सबै कुराहरुलाई स्वीकार गरेनौँ । हामीले समर्पण गरेनौँ । धेरै मान्छेलाई निराश हुनबाट जोगायौँ । कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौँ । र सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौँ । हाम्रो भुमिकालाई स्थापित गरेका छौँ ।’

    अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भुमिकालाई स्थापित गरेको बताए । उनले संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताए । आगमी दिनमा पार्टीको सिट संख्या बढ्ने उनको भनाई छ ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend