काठमाडौं । आईसीसी टि २० विश्वकप २०२४ को उपाधिका लागि आज खेल हुँदै छ । आज शनिबार भारत र दक्षिण अफ्रिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।
दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो भने इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा पुगेको हो ।
भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो।
पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ।
दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। आज दुबै टिम उपाधि चुम्ने दाउमा हुने छन् ।
भारत र दक्षिण अफ्रिका दुवै टिम समूह चरणमा कुनै हारको सामना नगरी फाइनल पुगेका हुन्।
भारत र दक्षिण अफ्रिकाको फाइनल भिडन्त नेपाली समय अनुसार शनिबार राति ८:१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ।