logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्यो : सभापति लामिछाने

    जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्यो : सभापति लामिछाने

    364
    Shares
    जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा पर्यो : सभापति लामिछाने

    काठमाडौं । उपप्रधनमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अफ्ठ्यारोमा परेको बताएका छन् । आईतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले मुलुक अफ्ठ्यारोमा छ भन्नेकुरा २००७ सादेखि भन्दै आएको भन्दै मुलुक कहिल्यै पनि अनुकुलतामा नहुने कुरा स्पष्ट भएको बताए । उनले मुलुक अफ्ठ्यारो जनता, किसानले नभइ नेतृत्वले नै पारेको जिकिर गरे । उनले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको बताए । उनले लोकतन्त्र खतरामा भए नेताहरुले चिन्ता गर्नेकुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताए ।

    उनले भने, ‘मुलुक त सधैँ खतरामा हुने रहेछ । परिस्थिति त कहिल्यै अनुकुल हुने रहेनछ । सधैँ अफ्ठयारो पर्ने रहेछ । त्यो अफ्ठ्यारो के नेपाली जनताले पारेका हुन् । किसान, मजदुरले, काम गरेर खाने मान्छेहरुले कसले अफ्ठ्यारोमा पार्यो ? म यहाँहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । जब आम जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ । त्यतिबेला मुलुक जहिले पनि अफ्ठ्यारोमा पर्छ । नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन ।

    अलग अलग भयो । लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो । चिन्ता गर्नुपर्दैन । लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन् । नेताहरुले चिन्ता गर्नुपर्दैन । नेताहरुले साँच्चिकै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले विभिन्न सम्झौताहरुमा हस्ताक्षर गरेको सुनेका छौँ । के आजसम्म नेतृत्वले ठूला विश्वविद्यालय बनेनन् कसरी बनेनन् आउनुस् यसमा छलफल गरौँ भनेर सर्वदलीय बैठक बोलाएको सुनाएका छौँ ।’

    उनले नेताहरुले देश बनाउने कुरामा चिन्ता गर्न आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend