logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छ, बिना पैसा कुनैपनि सरकारी सेवाहरु पाउने परिस्थिति छैन : अध्यक्ष नेपाल

    हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छ, बिना पैसा कुनैपनि सरकारी सेवाहरु पाउने परिस्थिति छैन : अध्यक्ष नेपाल

    413
    Shares
    हरेक ठाउँमा भ्रष्टाचार व्याप्त छ, बिना पैसा कुनैपनि सरकारी सेवाहरु पाउने परिस्थिति छैन : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । आईतबार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले बिना पैसा कुनैपनि सरकारी सेवाहरु प्राप्त गर्ने परिस्थिति नरहेको बताए । उनले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको बताए । उनले आफ्नो स्वार्थको निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेको बताए । उनले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको बताए । उनले त्यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरुमा एकता र सहमति आवश्यक रहेको बताए ।

    उनले भने, ‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ । बिना पैसाको कुनै काम हुँदैन । सेटिङहरु मिलाइएको छ । त्यसैले यो बेथितिको अन्त्य गर्ने कसरी ? यो नीतिमा पनि देखा पर्छ । काम र व्यवहारमा देखापर्छ । दोस्रो समस्या भनेको सामग्रिक वृहत चिन्तनको कमी । हामी तत्काल अहिले आफ्नो स्वार्थको निम्ति कुन चिज हो परियोजना, त्यो बनाउँछौँ, अर्बौं खर्च गरिदिन्छौँ ।

    अर्बौं कहाँ खर्च गर्ने ? उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवद्र्धन गर्नका लागि, देशको आय बढाउनका लागि, सिंगो अर्थतन्त्रलाई उँभो उठाउनका लागि राष्ट्रिय पुँजीको विकास गर्नका लागि, उद्यमशिलताको विकास गर्नका लागि, चाहे कृषि होस्, जलविद्युत, पर्यटन, उद्योग धन्दा यि सबैका लागि पूर्वाधारको विकास होस् । पूर्वाधारको लागि शिक्षा, स्वास्थ्यको विकास होस् । विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा के गर्नुपर्छ, त्यसमा गम्भीर चिन्तन र छलफल गर्नुपर्ने आवश्यकता छ । यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरुमा एकता र सहमति आवश्यक छ ।’

    अध्यक्ष नेपालले नेकपा एमालेप्रति लक्षित गर्दै उहाँले एमाले आफ्नो पार्टीसँग मिलेर काम गर्न तयार नभएको पनि आरोप लगाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend