logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली

    सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली

    490
    Shares
    सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा अर्जुन रसाइली

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजना भएको महासंघको ९औँ १०औं र ११औं वार्षिक साधारण सभा तथा चौथो महाधिवेशनद्वारा रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो ।

    शनिबार भएको निर्वाचनमा कुल ४ सय ४६ मतदाता थिए । त्यसमध्ये ४ सय ३५ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष रसाइलीले २ सय ५० मत प्राप्त गरे । अधयक्षका अर्का प्रत्यासी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले १ सय ८४ मत प्राप्त गरेका थिए ।

     

    कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, दित्तिय उपाध्यक्षमा वुद्धि दियाली, तृतिय उपाध्यक्षमा रुपदल विश्वकर्मा, एसोसिएटस् उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभाई बज्राचार्य निर्वाचित भए ।

    यस्तै कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पदमसुन्दर शाक्य निर्वाचित भए ।

    यस्तै प्रत्येक प्रदेशवाट २ जनाका दरले निर्वाचित हुने सदस्यमा कोसीवाट राजकुमार गुप्ता र जयप्रकास गजमेर, मधेसवाट विकास कुमार सारडा र मनोज कुमार सर्राफ, बागमतिवाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीवाट हिमवहादुर विश्वकर्म र विनोदकमार विक, लुम्विनीवाट भीमसिंह विके र संजय सोनी, कर्णालीवाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदुरपश्चिमवाट गणेशबहादुर सुनार र रमेश बहादुर सुनार निर्वाचित भए ।

    यस्तै नगर संघवाट बिमल कुमार बेगवानी, टिकाराम लामगादे र दिनेश साह सोनार निर्वाचित भए । खुल्ला सदस्यतर्फ निर्वाचित हुनेमा जीवनज्योति बिश्वकर्मा, राजेन्द्र सुनार, चेत नारायण विश्वकर्मा, राजभाई बज्राचार्य, नरेन्द्र विश्वकर्मा, मनकाजी विश्वकर्मा, लोमकहादुर सुनार, हेमराज शक्य र तारा बहादुर सुनार छन् ।

    महिलातर्फवाट सिता विश्वकर्मा र रितु विश्वकर्मा, वस्तुगतवाट चित्र वहादुर महाल र एसोसिएटस्वाट सुजित शाक्य निर्वाचित भए । महासंघको निवर्तमान अध्यक्षमा माणिकरत्न शाक्य छन् । कार्य समितिको वाँकी सदस्यहरु तथा विशिष्ट सदस्य अध्यक्ष तथा कार्य समतिले चयन गर्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend