एजेन्सी । टर्कीको पश्चिमी प्रान्त इज्मिरमा आईतवार भएको प्राकृतिक ग्यास विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा २० जना घाइते भएका छन् ।
राज्य सञ्चालित टीआरटी प्रशारकका अनुसार विष्फोट दिउँसो २ः४३ मा भएको थियो । घाइतेमध्ये १० को अवस्था गम्भीर छ ।
इज्मिरका गभर्नर सुलेमान एल्बानले टीआरटीलाई उक्त विस्फोटले वरपरका ११ भवनमा क्षति पुगेको जानकारी दिए । सावधानीका रूपमा ग्यास आपूर्ति बन्द गरिएको छ । विस्फोटको कारण तत्काल खुल्न सकेको छैन ।