logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • नक्कली पाँच कम्पनी खडा गरेर ३० अर्ब ८२ करोड मूल्यको ३१ सय ९४ किलो सुन तस्करी

    नक्कली पाँच कम्पनी खडा गरेर ३० अर्ब ८२ करोड मूल्यको ३१ सय ९४ किलो सुन तस्करी

    546
    Shares
    नक्कली पाँच कम्पनी खडा गरेर ३० अर्ब ८२ करोड मूल्यको ३१ सय ९४ किलो सुन तस्करी

    काठमाडौं । सुन तस्करी समूहले ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर झण्डै ३१ सय ९४ किलो सुन तस्करी गरेको खुलेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको अनुसन्धानमा ब्रेक सु मा लुकाएर ३ सय ६२ किलो र अन्य इलेक्ट्रोनिक सामानमा लुकाएर २८ सय ३१ किलो सुन तस्करी गरेको खुलेको छ । बरामद भएको सुनको मूल्य ३० अर्ब ८२ करोड २२ लाखभन्दा बढी पर्ने सिआइबीले जनाएको छ ।

    नेपाल विद्युतीय प्राविधिक समाज र त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र केन्द्रीय विभाग, कीर्तिपुर, काठमाडौँ समेतका प्रतिनिधि रहेको विज्ञ टोलीले तयार पारेको प्रतिवेदनबाट यो तथ्य खुलेको हो ।

    प्रतिवेदन अनुसार अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरूले स्थापना गरेका ७ वटा विभिन्न डमी कम्पनीहरू मध्ये ५ वटा डमी कम्पनीबाट विभिन्न इलेक्ट्रोनिक मालवस्तु तथा ब्रेक सुमा सुन लुकाएको पाइएको देखिएको छ ।

    अध्ययनअनुसार भुजेल इलेक्टिक सप्लायर्स प्रालिले १२ अर्ब ५८ करोड रुपैयाँ बराबरको १३ सय ३ किलो, हवाडा इलेक्टिक सप्लायर्सबाट ६ अर्ब १० करोड ५२ लाख रुपैयाँ बराबरको ६३२ किलो, छुगंग इलेक्टिक सप्लायर्सबाट ६ अर्ब ९१ करोड ५९ लाख रुपैयाँ बराबरको ६१६ किलो सुन ल्याएको देखिएको छ ।

    यस्तै दोलखा इलेक्टिकले १ अर्ब ६४ करोड ७८ लाख रुपैयाँको १ सय ७० किलो र रेडि टेक प्रालिले ७ करोड २३ लाख रुपैयाँ बराबरको साढे ७ लाख किलो सुन नेपाल आएको देखिएको छ ।

    ब्युरोले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नेपाल राष्ट्र बैंक ऐन, फौजदारी अपराध संहिता (डिजिटल करेन्सी) हातहतियार खरखजाना, नागरिकता ऐन, राहदानी ऐन, सरकारी कागज (नागरिकता) किर्ते थप अनुसन्धानका बारेमा जानकारी दिएको हो ।

    गत साउन २ गते ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा बरामद भएको थियो । ब्रेक सुमा लुकाएर ल्याएको ६० किलोभन्दा बढी सुन विमानस्थलमा बरामद भएको थियो । अनुसन्धानका क्रममा टोखा लगायतका स्थानमा सुन गाल्ने मेसिन भेटिएको थियो ।

    राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हर्कराज राई समेत अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधतर्फ अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend