logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारमा सहभागी एमालेका मन्त्रीहरुलाई बालकोटमा बोलाईएको छैन : बालकोट

    सरकारमा सहभागी एमालेका मन्त्रीहरुलाई बालकोटमा बोलाईएको छैन : बालकोट

    1.1K
    Shares
    सरकारमा सहभागी एमालेका मन्त्रीहरुलाई बालकोटमा बोलाईएको छैन : बालकोट

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई बालकोट नबोलाएको बताएका छन् । अध्यक्ष ओलीले मन्त्रीहरूलाई बालकोट नबोलाएको ओलीको सचिवालयले जनाएको हो ।

    ओलीले मन्त्रीहरूलाई बालकोट बोलाएको खबर बाहिरिएपछि सचिवालयले यसबारे जानकारी गराएको हो ।

    बालकोटले भनेको छ, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ, तर मन्त्रीहरूलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ । –सचिवालय ।’

    मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकमा एमालेका मन्त्रीहरु पनि सहभागी छन् । मन्त्रिपरिषद् बैठकलगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने तयारी रहेको समाचार आईरहेका छन् ।

    kk


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend