काठमाडौं । लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ संसदबाट बहुमतले पारित भएको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथ आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रश्तुत गर्नुभएको विधेयक बहुमतले पारित भएको हो ।
सभाको बैठकमा सभामुख देवराज घिमिरेले सरकारले ल्याएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको विधेयक संसदबाट बहुमतले पारित भएको घोषणा गरे ।
संसदमा सांसदहरुले विधेयकमाथि छलफल गरी मन्त्री भण्डारीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।