काठमाडौँ । स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पूर्वविजेता पोर्चुगल युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पेनाल्टी सुटआउटमा पोर्चुगल ३–० गोलले विजयी बनेको हो ।
यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा पुगेको थियो ।
दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा रोनाल्डोले पहिलो प्रहार नै गोलमा परिणत गरे ।
त्यसपछि ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले पनि पोर्चुगलका लागि गोल गरे ।
उता, पोर्चुगलका डिओगो कोस्टाले स्लोभेनियाका सबै प्रहार रोके ।
पोर्चुगलले अब अन्तिम ८ मा फ्रान्सको सामना गर्नेछ । फ्रान्स बेल्जिमलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो ।