logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन् : गृहमन्त्री लामिछाने

    भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन् : गृहमन्त्री लामिछाने

    1.3K
    Shares
    भ्रष्टाचारका फाइल खोलेपछि एकरात पनि टिक्न सकेनन् : गृहमन्त्री लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।

    मंगलबार पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले आफूले भ्रष्टाचारका फाइल खोलन थालेपछि रातारात सरकार परिवर्तन हुन प्रयत्न भएको बताए । उनले भ्रष्टाचारका फाइल खोलेपनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए ।

    उनले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईंहरु नै भन्नुहुन्थ्यो फाइल खोलनुपर्यो, फाइल यस्तो खुल्यो की त्यो एकरात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’

    उनले एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी भयो ? भन्दै प्रश्न गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend