logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एनआईसी एसिया बैंकले ल्यायो भाखा नाघेका ऋणीलाई छुट योजना

    एनआईसी एसिया बैंकले ल्यायो भाखा नाघेका ऋणीलाई छुट योजना

    462
    Shares
    एनआईसी एसिया बैंकले ल्यायो भाखा नाघेका ऋणीलाई छुट योजना

    काठमाडौं । एनआईसी एसिया बैंकले भाखा नाघेका ऋणीलाई लक्षित गरी छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ ।

    बैंकका अनुसार २०८१ असार महिनाभित्रमा ऋण चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा छुट दिइने छ । २०८० चैत मसान्तमा भाखा नाघेका ऋणीहरूले यस्तो अवसर पाउने छन् ।

    बैंकका अनुसार भाखा नाघेको ९१ देखि १८० दिनसम्म साधारण ब्याज रकममा १५ प्रतिशत छुट पाउने छन् भने १८१ देखि ३६५ दिनसम्म २५ प्रतिशत छुट पाइने छ । भाखा नाघेको अवधि ३६५ दिनभन्दा बढी भएमा ३५ प्रतिशत छुट पाउने छन् ।

    देशको आर्थिक शिथिलताका कारण बैंकका ऋणीहरूमा पर्न गएको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले यस्तो योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend