logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति

    विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति

    483
    Shares
    विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोडभन्दा बढी क्षति

    झापा । विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

    चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र १३ करोड ७२ लाख ८४ हजार नौ सय रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए ।

    हावाहुरीबाट दुई करोड ७६ लाख ४० हजार रुपैयाँ, बाढीबाट एक करोड ५० लाख रुपैयाँ, आगलागीबाट नौ करोड ८३ लाख ६ सय रुपैयाँ र चट्याङले आठ लाख ४४ हजार तीन सय रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

    त्यस अवधिमा बाढीबाट नौ जनाको मृत्यु र एक बेपत्ता, आगलागीबाट तीनको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु, तीनजना घाइते भएका प्रवक्ता चन्दले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend