logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सुनको मूल्य एकैदिन १६ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

    सुनको मूल्य एकैदिन १६ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

    1.1K
    Shares
    सुनको मूल्य एकैदिन १६ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    एकैदिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ ।

    बुधबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

    बिहीबार तेजावी सुनको मूल्य एक लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

    त्यस्तै चाँदीको मूल्य ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८२५ रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend