logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेता-कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ : सचिव श्रेष्ठ

    नेता-कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ : सचिव श्रेष्ठ

    476
    Shares
    नेता-कार्यकर्ताको सुझावअनुसार सर्वसहमतिबाट नेतृत्व चयन हुन्छ : सचिव श्रेष्ठ

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले बिद्रोहपछिको पहिलो महाधिवेशन भएकाले सर्वसहमतिबाट गर्न पार्टीका नेता/कार्यकर्ताले सुझाव दिएको बताएका छन् । बिहीबार उनले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालबीच दाबेदारी प्रस्तुत भएको भन्दै कार्यकर्ताको सुझावअनुसार सर्वहसमितमै नेतृत्व चयन हुने बताएका हुन् ।

    उनले मतमतान्तर नगरी सर्वसहमतिमा बढे आगामी दिनमा पनि पार्टीलाई फाइदा हुने सुझाव आएकाले कार्यकर्ताको सुझाव मानेर नै अघि बढ्ने बताए । पार्टीले असार १६ गतेदेखि काठमाडौंमा महाधिवेशन गरिरहेको छ । आज सर्वसहमतिमा नेतृत्व टुंगो नलागे निर्वाचनबाट नेतृत्व चयन हुनेछ ।

    उनले भने, ‘प्रश्तुत भएको डकुमेण्ट र समाजवादी कार्यक्रममा १२ वटा समूह विभजन गरी छलफल गर्ने काम भयो । छलफल सकेर हिजो यो १९ गते यसलाई सबैले आफ्नो समूहमा भएको छलफल प्रष्ट गर्ने काम भयो, त्यसमा आएका सुझावहरु र जिज्ञासाहरुलाई सम्बन्धित प्रश्तोताले उत्तर दिने काम भयो । कतिपय सुझावलाई समेत समावेश गर्नेगरी डकुमेण्ट सर्वसहमतिले पारित गर्ने काम भएको छ ।

    निर्वाचन आयोगलाई निर्वाचन प्रक्रियाको लागि जिम्मेवारी दिने काम भइसकेको छ । आयोगले हिजो बेलुका नै मतदाताहरुको सूचि प्रकाशनको काम गरिसकेको छ । आज बिहानसम्म दाबी बिरोध गर्ने र त्यसलाई अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारी दिने प्रक्रिया र निर्वाचनका प्रक्रियाहरु अघि बढ्नेछन् । वर्तमान हाम्रो अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोर्याउने भनेर आफूलाई निरन्तरता दिने कुरा गर्नुभएको छ ।

    वर्तमान महासचिव घनश्याम भुषाल परिवर्तनको पक्षमा उभिएर अध्यक्षमा उम्मेदवारी दिने भन्नुभएको छ । पार्टीभित्र यो महाधिवेशन हामी बिद्रोह गरेपछिको पहिलो हो र यसैले मतमतान्तर नगरी सर्वसहमतिमा अघि बढ्ने भन्ने भावना छ । सर्वसहमति कसरी गर्ने भन्ने सहमति भएको छ । कसरी तयार हुन्छ, त्यसको आधार त्यसैअनुसार हुन्छ ।’

    उनले महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफल भइ सर्वसहमतिले पारित भइसकेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend