logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुनेगरी कानून निर्माण गर्नुपर्छ : वनमन्त्री साह

    सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुनेगरी कानून निर्माण गर्नुपर्छ : वनमन्त्री साह

    329
    Shares
    सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुनेगरी कानून निर्माण गर्नुपर्छ : वनमन्त्री साह

    काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारी कार्यालयहरुमा स्वदेशी काठ उपयोग हुनेगरी कानून निर्माण गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

    मन्त्री साहले मुलुकमा रोजगारीको समस्या समाधान गर्न पनि सो कदमले महत्वपूर्ण योगदान पुर्याउने दाबी गरे । उनले निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र स्थानीय सरकारको जिम्मा दिनुपर्ने प्रस्ताव पनि गरे । स्थानीय जनताको पीडा सम्बोधन गर्न पनि सरकारले सो क्षेत्रको जिम्मा स्थानीय सरकारलाई दिन उचित हुने मन्त्री साहको तर्क थियो ।

    उनले भने, ‘मध्यवती क्षेत्रलाई स्थानीय सरकारको जिम्मा लगाउनु पर्छ । त्यसको अधिकार स्थानीय सरकारलाई दिँदाखेरी त्यहाँको जनताको पीडा र दुःख हरण गर्न पनि सो काम गर्नुपर्छ । त्यसका लागि आवश्यक कानून जतिसक्दो छिटो बनाउनु पर्छ । सरकारी कार्यालयहरुमा स्वेदशी काठको उपयोग हुने गरी कानून निर्माण गर्नुपर्छ ।’

    मन्त्री साहले वन ऐन संशोधनको विषयमा पनि आफूले पहल गरिरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend