logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • समितिमा उपस्थित भइ अनुसन्धानमा सघाउन सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन

    समितिमा उपस्थित भइ अनुसन्धानमा सघाउन सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन

    427
    Shares
    समितिमा उपस्थित भइ अनुसन्धानमा सघाउन सहकारी सञ्चालकलाई छानबिन समितिको निर्देशन

    काठमाडौं । सहकारी संस्था वचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचिमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो ।

    समितिको बैठकबारे जनकारी गराउँदै समितिका संयोजक सूर्यबहादुर थापाले अनुसूचिमा रहेका २९ वटै सहकारीहलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरेको बताए ।

    उनले सहकारी सञ्चालकहरुलाई कानूनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उहाँले उपस्थित नभए कानून बमोजिम नै कारबाही हुने चेतावनी दिए । उनले समितिले गृहसचिव, प्रहरी महानिरीक्षकसहितलाई समेत शुक्रबार बस्ने बैठकमा उपस्थित हुन आग्रह गरेको बताए ।

    उनले भने, ‘आज हामीले महालेखापरीक्षक तोयम राय, सम्पती शुद्धिकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारलाई जानकारीका लागि आमन्त्रित गरेका थियौँ । महालेखाको ६० औं र ६१ औं प्रतिवेदनमा पनि सहकारी क्षेत्रका समस्याका बारेमा उल्लेख भएको छ ।

    २०७५ सालदेखि नै महालेखका प्रतिवेदनहरुमा सहकारी क्षेत्रमा देखापरेका समस्याहरुका सन्दर्भमा उल्लेख भएको पाइन्छ । यद्यपी महालेखाको सिधै कार्यक्षेत्र सहकारी संस्थासँग जोडिँदैन । नियमनकारी निकाय छ तर त्यसलाई चाहिने श्रोत, साधन, जनशक्ति छैन । वित्तीय विषय हेर्नुपर्ने छ, प्रशासनिक जनशक्ति छ, न्युन जनशक्ति छ, कानून बमोजिमका संयन्त्र बनेका छैनन् ।

    २९ वटा जुन सहकारीहरु अनुसूचिमा हुनुहुन्छ, जो समस्याग्रस्त र विभिन्न कारणले विवादमा रहनुभएका उहाँहरु छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग गर्नुस्, उपलब्ध हुनुस्, उपलब्ध भएर सूचना दिनुस्, देश विदेशमा जता हुनुहुन्छ, त्यो भुमिका खेल्नुस् । कानून बमोजिम नै यो अपिल गरेका छौँ । हामीले गृहसचिव, प्रहरी महानिरीक्षकसहित अर्को छलफल गर्नेगरी भोलिका लागि जानकारी गराएका छौँ ।’

    उनले बिहीवारको बैठकमा महालेखापरीक्षक तोयम राय, सम्पती शुद्धिकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीलाई बोलाएर सहकारी प्रकरणबारे जानकारी लिएको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend