काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन् ।
एकीकृत समाजवादीको अध्यक्ष र महासचिव सर्वसम्मत चयन भएका हुन् ।
जारी १०औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाल र महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरेको हो ।
झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।
उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले महाधिवेशन हलमा पेस गरेका थिए। महाधिवेशन हलले उनीहरूलाई सर्वसम्मत चयन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको हो।
अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।