logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • इन्फिनिटी ड्रिम्स प्रालिलाई एभरेस्ट महिला भलिबल लिग सञ्चालन गर्न स्वीकृति

    इन्फिनिटी ड्रिम्स प्रालिलाई एभरेस्ट महिला भलिबल लिग सञ्चालन गर्न स्वीकृति

    385
    Shares
    इन्फिनिटी ड्रिम्स प्रालिलाई एभरेस्ट महिला भलिबल लिग सञ्चालन गर्न स्वीकृति

    काठमाडौं । नेपाल भलिबल संघले इन्फिनिटी ड्रिम्स प्रालिलाई एभरेस्ट महिला भलिबल लिग सञ्चालन गर्न स्वीकृति दिएको छ । महिला भलिबलको क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डमा उकास्ने अवसरका रुपमा लिइएको बताइएको छ ।

    नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले इनफिनिटी ड्रिम्स प्रालिलाई नेपाल भित्र ७ वर्षको लागि एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न अनुमति प्राप्त गरेकोमा बधाई दिए । इनफिनिटी ड्रीम्स प्रालिले होम र अवे सिद्धान्तको अवधारणा अनुसार देशभर यो लिग आयोजना गर्न अधिकार पाएको हो ।

    देशका महिलाहरुलाई भलिबलमार्फत सशक्त बनाउने कार्यमा सँगै काम गर्न यसले सहयोग पुग्ने बताए । लिगको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा भलिबलको स्तर विकास गर्नु र भलिबलमा व्यवसायिकता ल्याउनु रहेको संघले बताएको छ ।

    लिगले भलिबलप्रति युवा भलिबल खेलाडीहरुलाई राष्ट्रिय स्तरमा आकर्षित गर्ने र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा उनीहरुलाई प्रदर्शन गर्ने ठूलो प्लेटफर्म हुने बताए । यो कार्यक्रमले नेपालको खेलकुद पर्यटनमा पनि टेवा पर्याउने विश्वास लिइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend