logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेकपा एसका नेता पूर्वमन्त्री प्रेम आलेले बहिष्कार गरे महाधिवेशन

    नेकपा एसका नेता पूर्वमन्त्री प्रेम आलेले बहिष्कार गरे महाधिवेशन

    1.7K
    Shares
    नेकपा एसका नेता पूर्वमन्त्री प्रेम आलेले बहिष्कार गरे महाधिवेशन

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन पूर्वमन्त्री प्रेमबहादुर आलेले बहिष्कार गरेका छन् । नेकपा एसको दशौँ महाधिवेशनले आज शुक्रबार ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा आलेको नाम नपरेको भन्ने प्रचार भएपछि उनले आफुले बहिष्कार गरेको बताएका हुन् ।

    अहिलेको पार्टी र नेतृत्वबाट केही नहुने देखेर आफुले जानाजान बहिष्कार  गरेको बताउदै उनले आफुलाई पार्टीको  केन्द्रीय सदस्य बन्न इच्छुक नरहेको  बताए । आलेले भने, मलाई केन्द्रीय सदस्य बन्न मन थिएन, त्यसैले वास्ता  गरीन ।  उनले कुनै पनि हैसियत नभएको पार्टीको केन्द्रीय सदस्य होईन पदाधिकारी नै दिएपनि आफुलाई स्वीकार्य नभएको उनको भनाई छ । उनले भने, “म डोटीका जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुँ । जनताका लागि स्वतन्त्र रुपमा काम गर्ने हो पदले के चाट्ने हो र ?”

    नेकपा (एकीकृत समाजवादी) पार्टी र नेतृत्व पिँध नभएको लोटा जस्तो भएको उनको आरोप छ । असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको महाधिवेशनमा आफुलाई रुचि नभएको उनको भनाई छ । नेकपा एस पार्टी नेतृत्वको कार्यशैली प्रति आलेले निरन्तर रुपमा बिमति राख्दै आएका छन् । घरायसी कामले आफु मुलुकबाहिर रहेको उनले जानकारी दिए । ।

    सत्ता समिकरण फेरीएका बेला आलेको महाधिवेशन बहिष्कारलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend