logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ‘बजेटको उद्देश्य सामाजिक न्याय हासिल गर्नु हो’

    ‘बजेटको उद्देश्य सामाजिक न्याय हासिल गर्नु हो’

    532
    Shares
    ‘बजेटको उद्देश्य सामाजिक न्याय हासिल गर्नु हो’

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेटको उद्देश्य सुशासन कायम , सामाजिक न्याय र समृद्धि हासिल गर्नु हो भनेकी छन् ।

    राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट राष्ट्रपतिको कार्यालय, उपराष्ट्रको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगअन्तर्गत विनियोजित बजेटका शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले प्रस्तुत गरेको बजेट समन्यायिक र नतिजामूलक रहेको बताकी हुन् ।

    मन्त्री शर्माले बजेटमा दलित विकास प्राधिकरणको अवधारणा समेटिएको, समृद्धि हासिल गर्न विभिन्न विकासका योजनाहरु राखिएको हिमाल, पछाडि पारिएका क्षेत्र र सुदुपश्चिमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रम राखिएको बताइन् ।

    उनले बजेट व्यावहारिक र प्रतिफल दिने खालको भएको स्पष्ट पार्दै  पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक रुपान्तरणका परियोजनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend