logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

    पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

    434
    Shares
    पहिराले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

    अर्घाखाची । वर्षासँगै आएको पहिराले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ ।

    घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फि खोलिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जान सक्ने जोखिम कायमै रहेकोले सतर्क रहन प्रहरीले अनुरोधसमेत गरेका छ । सो सडक अवरुद्ध भएकाले फुद्बांगबाट बलेबांग हुँदै पाली र पालीबाट घुम्ती गएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

    छारेमा दैनिक यातायात सञ्चालन

    सिमकोट – कर्णाली करिडोर अन्तर्गत हुम्लाको छारे खण्डको सडकमा दैनिक यातायात सेवा सञ्चालनमा आउन थालेको छ । दैनिक यातायात सञ्चालन गर्न जिल्लास्तरीय समितिले निर्णय गरेको थियो ।

    नेपाली सेना, कर्णाली करिडोर निर्माण कार्यदल कालिकोटले हुम्लाको छारे खण्डमा यातायात सेवा सञ्चालन गर्न अनुमति दिएको हो ।

    यसअघि सो सडक खण्डमा बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ११ बजेदेखि १ बजेसम्म मात्र यातायातका साधन सञ्चालन हुन दिने व्यवस्था मिलाइएको थियो । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले यही असार अन्तिमसम्म सेनाले दुल्लीको कुनादेखि लाली बगरसम्मको सडक निर्माण गरेर हस्तान्तरण गर्ने जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend