logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज हो : महासचिव गुरुङ

    सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज हो : महासचिव गुरुङ

    336
    Shares
    सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज हो : महासचिव गुरुङ

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज भएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सहकारीका समस्या समाधान गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधा गर्न जरुरी रहेको बताए । उनले सानातिना सुधारले मात्रै सहकारी समस्या समाधान हुन नसक्ने बताए । उनले सहकारीका समस्या समाधानका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे ।

    उनले वस्तु उत्पादन, औद्योगिक उत्पादन, कृषि उत्पादनमा केन्द्रित गरेर सम्पूर्ण श्रोत र साधनहरुलाई उत्पादनमुखी बनाउन जरुरी रहेको बताए । औद्योगिक आत्मनिर्भरमा कसरी लैजाने ? कृषि उत्पादनमा कसरी लैजाने ? भन्नेबारेमा सोच्न जरुरी रहेको बताए ।

    उनले भने, ‘आज सहकारी प्रणालीमा देखापरेको समस्या, संकट वित्तीय एकाधिकार पुँजीवादको उपज हो । यसलाई रुपान्तरण र सुधार गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधार नगर्ने हो भने यो क्षेत्रको सानातिना सुधारले मात्रै सुधार हुनसक्छ भन्ने सकिँदैन । यो सुधारका लागि के जरुरी हुन्छ भने राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक छ ।

    वस्तु उत्पादन, औद्योगिक उत्पादन, कृषि उत्पादनमा केन्द्रित गरेर सम्पूर्ण श्रोत र साधनहरुलाई उत्पादनमुखी बनाउनुपर्छ । औद्योगिक आत्मनिर्भरमा कसरी लैजाने ? कृषि उत्पादनमा कसरी लैजाने ? यो प्रक्रियाबाट हामी जानुपर्छ । त्यसो गरे मात्रै सुधारको सम्भावना छ, होइन भने अहिलेकै परिस्थितिमा सुधार सम्भव हुँदैन ।’

    महासचिव गुरुङले आर्थिक र सामाजिक प्रक्रियामा मौलिक रुपले रुपान्तरण गर्न आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend