logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • रास्वपाप्रति इंगित गर्दै रावलले भने : भयंकर लोकतन्त्रवादी हौँ भन्नेले प्रश्न गरेकै भरमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरे

    रास्वपाप्रति इंगित गर्दै रावलले भने : भयंकर लोकतन्त्रवादी हौँ भन्नेले प्रश्न गरेकै भरमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरे

    1.1K
    Shares
    रास्वपाप्रति इंगित गर्दै रावलले भने : भयंकर लोकतन्त्रवादी हौँ भन्नेले प्रश्न गरेकै भरमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरे

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले आजभोलि राजनीतिक दलहरुमा प्रश्न सोध्न पनि नपाइने गरेको बताए । उनले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निस्कासित गरिएको बताए । उनले भयंकर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेका बताए । उनले रास्वपा सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताए ।

    उनले नागरिकता, राहदानी दुई–दुई वटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने बताए । उनले लामिछानेलाई सो पदमा राख्नेहरु पनि उत्तिकै जिम्मेवार रहेकोबताए । उनले नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठूला राजनीतिक दलका ठूला नेता आफैँ लागेको बताए । उनले सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको बताए ।

    उनले भने, ‘हुनत आजकाल सोध्न पनि पाइँदैन । भर्खर एउटा नयाँ पार्टी आएको उनकै महासचिवले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछ । भन्नेबेला भयंकर लोकतन्त्र हामी । ए यस्तो लोकतन्त्र । त्यो स्वर टेलिभिजनमा सुन्दा त मानौँ की नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्नेकुरा जम्मै धर्ती मुनि पस्ला जस्तो । भरे माथि सतहमा आउँदा नागरिकता हेरे दुई वटा, राहदानी हेर्दा दुई वटा, अरु के तीन वटा । त्यसपछि गएर ठगी । अनि निजलाई देशको सम्पूर्ण जिम्मा । म खालि रवि लामिछानेजीलाई मात्रै भन्न चाहन्न । उहाँलाई त्यहाँ राख्ने पनि उत्तिकै जिम्मेवार छन् ।’

    नेता रावलले एमसीसीमा अनुदान लिएपछि गत ६ महिना यता त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला ठूला सैनिक जहाज आएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend