logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कांग्रेस-एमालेलाई रास्वपा सांसद झाको सुझाव : एकअर्कालाई विश्वास गर्नुस्

    कांग्रेस-एमालेलाई रास्वपा सांसद झाको सुझाव : एकअर्कालाई विश्वास गर्नुस्

    420
    Shares
    कांग्रेस-एमालेलाई रास्वपा सांसद झाको सुझाव : एकअर्कालाई विश्वास गर्नुस्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर कांग्रेस–एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताए ।

    उनले प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भएपनि कांग्रेस–एमाले डराएका बताए । उनले विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह गरे ।

    उनले भने– ‘संसदीय प्रणाली र संविधान बनाउने दलहरुकै संसदीय प्रणाली र संविधानप्रति किन त्यति अविश्वास ? किन यो प्रणालीले र संविधानले काम नर्गला र फेरी ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ ? तपाईहरुकै संख्या छ । तपाईहरुकै बहुमत हुने सम्भावना छ भने ४ दिन कुर्नुस् न । एकअर्कालाई विश्वास गर्नुस् न । सहकर्म र सहयात्राको गाथा गाउनुहुन्छ भने विश्वास पनि गर्नुस् ।

    किन ४ दिनको लागि डराउनुहुन्छ ? तपाईहरुले नै बनाएको संविधान र संसदीय प्रणालीमा लेखिएकै कुरा अभ्यास गरिदैछ । त्यो भन्दा बाहिर गएर अभ्यास गरिएको छैन । आशय गलत नहोला । किन तर्सिनु भएको ? नतर्सिनका लागि र पल्टुरामहरुलाई पनि विश्वास गरिदिनका लागि अनुरोध गर्दछु ।’

    उनले व्यापारिको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरुका पार्टीका सांसदले आफूहरुलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend