logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पर्सा प्रहरीद्वारा एक करोड ८९ लाखको सामान बरामद

    पर्सा प्रहरीद्वारा एक करोड ८९ लाखको सामान बरामद

    581
    Shares
    पर्सा प्रहरीद्वारा एक करोड ८९ लाखको सामान बरामद

    वीरगञ्ज, पर्सा । पर्सा प्रहरीले बिना बिलको एक करोड ८९ लाख रुपैयाँ पर्ने हार्डवेयरका सामान बरामद गरेको छ । प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाट सो समान बरामद गरेको हो ।

    प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बरामद गरिएको सो  समान राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend