logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पूर्वसांसदहरुलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्छः सांसद ढकाल

    पूर्वसांसदहरुलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्छः सांसद ढकाल

    616
    Shares
    पूर्वसांसदहरुलाई सरकारले निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्छः सांसद ढकाल

    काठमाडौं । प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरुलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले सो माग गरेका हुन् ।

    औषधि उपचार गर्न नसक्ने पूर्वसांसदहरुलाई सरकारी अस्पतालहरुमा निःशुल्क औषधिसहित उपचारको व्यवस्था सरकारले मिलाउनुपर्ने सांसद ढकालको भनाई थियो । उनले पूर्वसांसदहरुले देशका लागि धेरै योगदान गरेकाले उनीहरुको पनि स्वास्थ्य सुरक्षाका लागि सरकारले केही राहत दिँदा फरक नपर्ने बताए ।

    सांसद ढकालले भने, ‘हामीले ६६ औं संसद दिवस मनायौँ । पूर्वसांसद मञ्च र संघीय संसदको संयुक्त आयोजनामा यो मनाइएको हो । पूर्वसांसदहरुले देशका लागि धेरै योगदान गर्नुभएको छ । र उहाँहरुले केही मागहरु पनि राख्नुभएको छ । त्यो मध्य कम्तीमा नेपालको सरकारी अस्पतालहरुमा पूर्वसांसदहरु जो आफैँ औषधि उपचार गर्नका लागि सक्षम हुनुहुन्न । उहाँहरुका लागि उपचार गर्ने व्यवस्था मिलाइयोस् भनेर म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सांसद ढकालले पूर्वसांसदहरुले राखेका माग सम्बोधन गर्ने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend