काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् । महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निष्कासित भएपछि डा.ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बजाउन नरोक्ने बताए ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री र पार्टी प्रवक्ताबाट हटाउँदै साधारण सदस्य मात्रै राख्ने निर्णय गरेको थियो ।
पार्टीको उक्त निर्णयपछि रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय पार्टी बनाउने संकल्प नरोकिने बताएका हुन् ।
‘रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन’, उनले भनेका छन्, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’
यो पनि :