काठमाडौं । ‘थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८१ असार)’ प्रतिनिधि सभामा पेश गरिएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेश गरेका हुन् ।
संवैधानिक निकायहरुको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ ।