logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मुगुमा लुटिएका बहुमुल्य सामानहरु प्रहरीद्वारा बरामत

    मुगुमा लुटिएका बहुमुल्य सामानहरु प्रहरीद्वारा बरामत

    1.1K
    Shares
    मुगुमा लुटिएका बहुमुल्य सामानहरु प्रहरीद्वारा बरामत

    सनत हमाल / मुगु । नेपाल प्रहरीले मुगुस्थित डोल्फु गाउँबाट लुटिएका थप बहुमुल्य सामानहरु बरामत गरेको छ । गत जेठ १२ गते लुटेरा समुहले हतियार देखाइ डोल्फुका २४ घरहरु र १ सार्वजनिक गुम्वाबाट नगद, सुनचादि, मुर्ती, वहुमुक्य सरसामान, गहना र यार्सागुम्वा लुटेर लगेका थिए ।

    लुटेर समुहमा संलग्न ८ जनामध्ये नेपाल प्रहरीले ३ जनालाई एक महिनापछि पक्राउ गरी उनीहरुबाट बरामत गरिएका हतियार, वहुमुल्य सामान सहित आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

    प्रहरीले बरामद गरेका हात हतियारमा कटुवा पेस्तोल १ थान, एसएलआर १ थान, २ थान म्याग्जिन, २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ सेट आर्मीको कम्व्याक ड्रेस, १ वटा ट्रेकिङ झोला र १ वटा सल रहेका थिए ।

    यस्तै पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ् २ थान, सुनकै माडुली २ थान (विक्री गरेर पश्चात् जुम्ला प्रहरी मार्फत बरामत) पनि बरामत गरेको थियो ।

    जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका वडा न ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठेगानाका पुर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापालगायतको घटनामा प्रत्यक्ष संलग्नता रहेको प्रहरीले बताएको थियो ।

    नेपाल प्रहरीका अनुसार विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लाका पाटनहरुमा पुगि यो समुहले यार्सा संकलक तथा व्यापारीहरुबाट समेत यार्सागुम्बा लुट्दै आएको थियो ।

    डोल्फुमा लुटन संलग्न अन्य ५ जना मध्ये फरार रहेका जुम्ला गुठिचौर गाउँपालिका ३ बस्ने धन प्रसाद भण्डारीलाई खोज तलास गर्ने क्रममा भण्डारीकै घरमा लुकाइ छिपाइ राखेको अवस्थामा लुटिएका थप बहुमुल्य सामानहरु २४ गते नेपाल प्रहरी जुम्ला र मुगुको संयुक्त टोलीले बरामत गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए ।

    थापाका अनुसार संयुक्त प्रहरी टोलीले चाँदीका सिक्काको माला २ वटा (१०९ सिक्का), चाँदीको पैसा सिक्का ७० वटा, चाँदीका सिक्काको औँठी ४ वटा, माला मोति दाना ३५ वटा, पहेँलो मुगा दाना ३० वटा, हरियो मुगा दाना ५८ वटा बरामत गरेको छ ।

    यस्तै सुनको ढुंग्रो १ दशमलव ९५७ तोला, सुनको तीन टुक्रा रिङ् ० दशमलव ४९५ तोला, सुनको चेन टुक्रा ० दशमलव ५१६ तोला, चाँदीको हुक्काको टुक्रा ३ तोला, चाँदी र तामाको हुक्काको टुक्रा १ तोला, चाँदीको लकेट माला ५ थान, चाँदीको टुक्रा ६ दशमलव ९७ तोला, सानो खाले रातो मुगा ३२ दशमलव ९१० तोला, तामा तारको टुक्रा ० दशमलव १९९ तोला र ढुङ्गा जस्तो टुक्रा ० दशमलव ४०० तोला पनि प्रहरीले बरामत गरेको बताएको छ ।

    लुटेरा समुहले डोल्फुका २४ वटा घर १ गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मुर्ती, रिणिमोक्क्ष माइको मुर्ती, मुगाको माला ९५ तोला, यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेर लिएको स्थानीयहरुले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएकाले अझै धेरै बहुमुल्य सामान, नगद र यार्सागुम्बा भेटाउन सकिएको छैन ।

    लुटिएका बाँकी वहुमुल्य सामान, यार्सागुम्बा र फरार व्यक्तिहरुको खोजीका लागि प्रहरीले सबैतिर आफ्ना टोलीहरु परिचालन गरेको र छिट्टै फरार व्यक्तिहरुलाई नियन्त्रणमा लिने प्रनाउ विरेन्द्र थापाले जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend