logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नेपाली चलचित्र घरज्वाईंको प्रिमियर सम्पन्नः ‘मगर समुदाय संस्कृतिमा धनी छ’

    नेपाली चलचित्र घरज्वाईंको प्रिमियर सम्पन्नः ‘मगर समुदाय संस्कृतिमा धनी छ’

    623
    Shares
    नेपाली चलचित्र घरज्वाईंको प्रिमियर सम्पन्नः ‘मगर समुदाय संस्कृतिमा धनी छ’

    काठमाडौं ।  नेपाली चलचित्र घरज्वाईंको प्रिमियर शो सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक दलका नेतादेखि कलाकारहरुसम्मको बाक्लो उपस्थिति रहेको थियो ।

    चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभामुख इन्दिरा रानाले राम्रो चलचित्र भएको बताइन् । उनले मगर जातिको कथावस्तुलाई चलचित्रमा देखाइएको बताइन् । पूर्वका मगरहरु छिटो शिक्षित हुँदै गएको देखिने र पश्चिमका मगर समुदायहरु केही ढिलोगरी शिक्षित हुने स्थिति रहेको बताइन् ।

    कार्यक्रममा बोल्दै कलाकार कविता आलेले मगर समुदायको व्यक्तिले भोगिरहेको कथालाई चलचित्रमा उतारिएको बताइन् । उनले मगर समुदायको संस्कार र संस्कृतिकाबारेमा उल्लेख गरिएको बताइन् ।

    कार्यक्रममा अभिनेत्री मिरुना मगरले मगर समुदाय संस्कृतिमा कति धनी छ भन्नेकुरा चलचित्र खेलिसकेपछि थाहा पाएको बताइन् । उनले मगर समुदायको आफूलाई पूर्वको मात्रै जानकारी भएपनि पश्चिमी मगर समुदायको संस्कृति देख्न पाउँदा खुशी लागेको बताइन् ।

    कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र साढे ५ वर्षदेखि तयारी रहेको र सोहीअनुसार बनाइएको बताए । उनले आफूलाई संस्कृतिमाथि धेरै चाहना रहेको र सबैखाले संस्कृतिलाई बुझ्न आफू रुची राख्ने बताए ।

    मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाईं संस्कृतिमा आधारित भएर बनेको फिल्मले फरक कथा अनुभुति गराएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । जनक घर्ती मगरले निर्माण गरेको चलचित्रामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend