logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स

    ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स

    273
    Shares
    ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स

    काठमाडौं । चालु आर्थिक वर्षकाे ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्क अनुसार १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

    जसमा १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ जेठ महिनामा भित्रिएको हो ।

    समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.३ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।

    तथ्यांक अनुसार रेमिटेन्स पोहोर ११ महिनाको तुलनामा यसपालि १९.३ प्रतिशतले बढेको छ ।

    यो वर्ष ११ महिनामा वैदेशिक रोजगारीमा जानका लागि ४ लाख २२ हजार ९३६ जनाले अन्तिम श्रम स्वीकृति र २ लाख ६२ हजार ७०५ जनाले पुन: श्रम स्वीकृति लिएको तथ्यांक छ ।

    ११ महिनाको अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।

    जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend