logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • रेडक्रस पारदर्शी छ, समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गर्यो : अध्यक्ष नेपाल

    रेडक्रस पारदर्शी छ, समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गर्यो : अध्यक्ष नेपाल

    245
    Shares
    रेडक्रस पारदर्शी छ, समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गर्यो : अध्यक्ष नेपाल

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले समाज कल्याण परिषद्ले छानविनको नाममा भ्रम सृजना गरेको भन्दै आपत्ति जनाएको छ । रेडक्रसले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गरेको आरोप लगाएको हो ।

    समाज कल्याण परिषद्को हलावा दिँदै अनियमितता भएको समाचार विभिन्न समाचार माध्याममा आएपछि आफूहरुले पनि त्यसको स्पष्टिकरण दिन बाध्य हुनुपरेको रेडक्रसका अध्यक्ष सुदर्शनप्रसाद नेपालले जानकारी दिए ।

    उनले समाज कल्याण परिषद्ले आफूहरुसँग छलफल समेत नगरी रेडक्रसको छानविन प्रतिवेदन तयारी मिडियाहरुमा सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गरे । अध्यक्ष नेपालले रेडक्रस पारदर्शी रहेको र आफूहरुले देशमा राजनीतिक घुसाउन नदिने जिकिर समेत गरे ।

    समाज कल्याण परिषद् रेडक्रसको नियमनकारी निकाय भएपनि उसले छलफल समेत नगरी छानविनको नाममा त्यस्ता काल्पनिक खालको मिथ्या र झुट समाचार विभिन्न समाचार माध्याममा प्र्रशारण गराएको आरोप समेत लगाए ।

    पत्रकार सम्मेलनमा बाढी, पहिरो, डुबान लगायतका विपद्मा खोज, उद्धार र राहत वितरणको काममा रेडक्रसका स्वयंसेवीहरु परिचालन गरिएको र उनीहरुले समुदायको जीवन रक्षाका लागि खटिरहेको जनाएको छ । अध्यक्ष नेपालले बाढी, पहिरोलगायतका विपद्को यस घडीमा आफूहरुले जनजीवनलाई सहज बनाउन सक्दो काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    अध्यक्ष नेपालले भने, ‘हामी पारदर्शी छौं । हामीमा कुनैपनि किसिमको कपट छैन । कसैलाई पनि हामी इस्र्याको भावनाले हेर्दैनौं । त्यसैकारण हामीले भन्ने गरेको छौ–पोलिटिसियन आर वेलकम बट नट पोलिटिक्स ।’

    अध्यक्ष नेपालले रेडक्रस सोसाइटीको वर्तमान नेतृत्वले सुधारको काम धेरै गरेको दाबी समेत गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend