logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • ट्रान्सफरमर व्यापारमा उछाल आउँदा निकले गर्यो साढे २ अर्ब कारोबार

    ट्रान्सफरमर व्यापारमा उछाल आउँदा निकले गर्यो साढे २ अर्ब कारोबार

    1.1K
    Shares
    ट्रान्सफरमर व्यापारमा उछाल आउँदा निकले गर्यो साढे २ अर्ब कारोबार

    काठमाडौं । नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) को विद्युतीय ट्रान्सफरमर व्यापारमा उछाल आएको छ । गत वर्ष उद्योगको ट्रान्सफरमर कारोबार ७२ प्रतिशत बढेर २ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निकले १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ ट्रान्सफरमर व्यापार गरेको थियो । एक वर्षमा निकको ट्रान्सफरमर व्यापार १ अर्ब रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    २०२१ मा निकको ट्रान्सफरमर व्यापार ५६ करोड रुपैयाँ मात्र थियो । २०२० मा कम्पनीले ५० करोड रुपैयाँको ट्रान्सफरमर व्यापार गरेको थियो। वित्तीय विवरण हेर्दा निकको ट्रान्सफरमर व्यापार बढ्दै गएको देखिन्छ। नेपाल विद्युत प्राधिकरणले ठूलो परिमाणमा ट्रान्सफरमर खरिद गरेपछि निकको व्यापारमा उछाल आएको हो।

    निकले भुटानमा पनि ट्रान्सफरमर निर्यात गर्दै आएको छ । निकले स्वदेशका साथै विदेशमा निर्यात गरेर आम्दानी गर्दै आएको छ ।

    विद्युत प्राधिकरणसँग कम मूल्यमा ठेक्का लिएकाले निकको मार्जिन घटेको छ । मार्जिन ९ प्रतिशतबाट घटेर ५ प्रतिशतमा सिमित भएको छ । पछिल्लो ३ वर्षमा उद्योग क्षमताको २५ प्रतिशत मात्र सञ्चालन भएकोमा गत वर्ष सुधार भई ३६ प्रतिशत पुगेको छ । ट्रान्सफरमरको माग स्वदेश तथा विदेशमा बढेका कारण उद्योगको उत्पादन क्षमता बढेको हो ।

    १०० केभिए क्षमताका आधारमा १८ हजार युनिट रहेको छ । १० वटा ग्राहकबाट कूल आम्दानीको ९७ प्रतिशत रहेको छ । निकले कोल्ड रोल्ड ग्रेन ओरिएन्टेड सिलिकन स्टिल, ट्रान्सफर्मर तेल, ट्रान्सफर्मर ट्याङ्की भारतबाट आयात गर्छ । तामाका तारहरू घरेलु बजारबाट खरिद गर्ने गरेको निकले जनाएको छ । कूल आम्दानीमा ८० देखि ९० प्रतिशत हिस्सा कच्चा वस्तु खरिदमा हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा वस्तुको मूल्य तलमाथि भइरहने जोखिम हुन्छ ।

    सन् १९९१ मा व्यवसायी कुशकुमार जोशीले निकको स्थापना गरेका हुन् । उनी निकको अध्यक्ष पनि हुन् । उद्योगले निक ब्राण्डमा १ केभिए, १० एमभिए र १३२ केभी सम्मको विद्युतीय ट्रान्सफरमर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योग हेटौडा उपमहानगरपालिकाको थानाभर्याङमा रहेको छ । निकले २ अर्ब १४ करोड ८९ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend