काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय रुपैयाँ थियो । बुधबारको तुलनामा आज ८ सय रुपैयाँ बढेको हो ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन प्रतितेला १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ । बुधबार १ हजार ८ सय ७० मा कारोबार भएको चाँदी आज १ हजार ८ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।