logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • इजिप्ट र जोर्डनबीच गाजा युद्धविरामबारे छलफल

    इजिप्ट र जोर्डनबीच गाजा युद्धविरामबारे छलफल

    301
    Shares
    इजिप्ट र जोर्डनबीच गाजा युद्धविरामबारे छलफल

    एजेन्सी । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र भ्रमणमा रहनुभएका जोर्डनका समकक्षी अयमान सफादीले बुधवार कायरोमा भेटवार्ता गगरेका छन् । भेटका क्रममा गाजापट्टीमा तत्काल युद्धविरामको आह्वान गरेका छन् । दुई मन्त्रीहरूले दुई मुख्य लक्ष्यहरू हासिल गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम जारी राख्न आग्रह गरे ।

    गाजामा तत्काल युद्धविराम र एन्क्लेभमा मानवीय सहायता आपूर्तिको पर्याप्त प्रवेश दिनुपर्ने बताए । उनीहरूले इजिप्ट र गाजा बीचको राफाह सीमा नाकाबाट सहायता प्रवाह रोक्नको लागि इजरायललाई जिम्मेवार ठहर्याएका छन् ।

    इजरायलले हालै क्रसिङको प्यालेस्टिनी पक्षलाई नियन्त्रण गरेको थियो । इजिप्टका विदेशमन्त्रीका अनुसार प्यालेस्टिनीहरूलाई आफ्नो भूमिबाट विस्थापित गर्न खोज्ने इजरायलको व्यवस्थित नीतिहरूलाई दुई मन्त्रीहरूले पूर्ण रूपमा अस्वीकार गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend