logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना, यस्ता छन् सुविधा

    एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना, यस्ता छन् सुविधा

    553
    Shares
    एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना, यस्ता छन् सुविधा

    काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना संचालनमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल हो ।

    नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरुलाई आ–आफ्नो क्षेत्रमा सधैं अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउनु ‘बिज सधैं अन’को उदेश्य रहेको एनसेलले जनाएको छ ।

    एनसेलका अनुसार अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरी निर्धक्क सेवा पाईने यसको मुख्य विशेषता रहेका छन् ।

    एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय बिजनेस सोलुसनहरु प्रदान गर्दै आएको छ । एनसेलले नेपालभर फैलिएका ३२ हजार बढि संघसंस्था र व्यवसायका ५ लाख भन्दा धेरै ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, “उद्योगको विकास भइरहेको छ र कम्पनीहरूको माग बढ्दै गएको छ । सिंगापुर, दुबई र हाम्रो छिमेकी राष्ट्र भारत जस्ता देशहरू फाइभजी, आईओटी, क्लाउड र एआई जस्ता आविष्कारहरूका कारण द्रुत गतिमा अगाडि बढिरहेका छन् । यी आविष्कारहरूको मद्दतले व्यवसायहरू कसरी सञ्चालन गर्ने, ग्राहकहरूसँग कसरी अन्तरक्रिया गर्ने र प्रभावकारिता बढाउने भन्ने जस्ता विषयहरुमा क्रान्तिकारी परिवर्तन गरिरहेका छन् ।’

    त्यस्तै, एनसेलको मिडिया एण्ड कम्युनिकेसन हेड विशाखा लक्ष्मी खड्काले सुनौलो नेपालसँग भनिन्  ‘एनसेलले पनि उद्यमका पीडामर्काहरुलाई सम्बोधन गर्न र उनीहरूलाई आफ्नो व्यापार व्यवसाय बढाउन मद्दत गर्न विभिन्न सोलुसनहरु उपलब्ध गराउन काम गरिरहेको छ । त्यस्ता केही सोलुसनहरु तयार छन् र केही पाइपलाइनमा रहेका छन्,” उनले थपिन्, , “सहकार्य गरेर हामीले कनेक्टिभिटीको शक्तिलाई प्रयोग गर्न सक्छौं, अझै उन्नत प्रविधिहरुमा काम गर्न सक्छौं र इनोभेटिभ सोलुसनहरु ल्याउन सक्छौ जसले डिजिटल अर्थतन्त्रमा दिगो वृद्धिलाई सहयोग पुर्याउँदै डिजिटल नेपाल भिजन २.० मा योगदान गर्न सक्दछ ।”

    त्यस्तै, एनसेलले आम उपभोक्तादेखि ठूला उद्यमीसम्म सबैलाई दैनिक सञ्चारका लागि सेवाहरु देखि लिएर नेपाललाई फाइभजी जस्ता नयाँ प्रविधिका लागि तयार पार्दै, व्यवसाय सञ्चालनमा फाइदा पुर्याउने सोलुसनहरुमा पहुँच पर्याउने लक्ष्य राखेको छ । फाइभजीले अत्याधुनिक प्रविधि संचालनमा ल्याउन सक्षम बनाउँछ जसले अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्न सक्छ र डिजिटल नेपाल निर्माणका लागि मार्ग प्रशस्त गर्दै योगदान गर्न सकिने एनसेलले जनाएको छ ।

    सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा, एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, होटलहरु, व्यवसायीहरु र थुप्रै ठूला, साना तथा मझौला उद्यमहरूलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिसहरु प्रदान गर्दै आएको छ ।

    “सधैं अनमा हाम्रो सफलता र ग्राहकहरुको प्रशंसाका साथ हामी निरन्तर अगाडि बढ्दै छौं । सधैं अनमा नै हामीले हाम्रा इन्टरप्राईज तथा पोष्टपेड ग्राहकहरूलाई कस्टमाईज्ड भ्यालु दिन चाह्यौं,”  एनसेलका हेड अफ इन्टरप्राईज प्रोडक्ट एन्ड सोलुसन्स् रञ्जन शर्माले भने । “बिज सधैं अन र विभिन्न सोलुसन सुटहरुका साथ हामी सरलीकृत संचालन र उत्पादकत्व वृद्धिमा सहयोग प्रदान गर्दै नेपाली व्यवसायहरूलाई अहिलेको डिजिटल युगमा उनीहरूलाई पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउने लक्ष्य राखेका छौं जसले साँचो डिजिटल अर्थतन्त्रको विकासमा टेवा दिन्छ ।”

    ‘बिज सधैं अन’ प्लान

    एनसेलले उद्यमी व्यवसायीहरुका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत ४९९ देखि १,९४९ रुपैयाँ सम्मका ५ वटा प्लानहरु ल्याएको छ । यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयर बजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्ने एनसेलको भनाई छ ।

    त्यस्तै,  ४९९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्न सक्ने छन् । त्यस्तै, ६४९ रुपैयाँको प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्ने छन् । ९९९ रुपैयाँको प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १,००० वटा लोकल एसएमएस पठाउन पाउने छन् भने सेवाको आवश्यकता धेरै भएका ग्राहकहरुले १,५९९ रुपैयाँ र १,९४९ रुपैयाँको मासिक प्लान लिन सकिने एनसेलले जनाएको छ ।

    एनसेलका अनुसार यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरु सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रति एमबीमा वा १ जीबी डेटाको मात्र ५० (बजार शुल्क भन्दा २० गुणा कम शुल्क) मा बुस्टर प्याक खरिद गर्न सक्छन् । बुस्टर प्याक अन्तर्गत नै ग्राहकले ३० रुपैयाँमा १ जीबी डेटा वा ३० मिनेट अल नेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, ५०रुपैयाँमा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्ने छन् ।

    यसका साथै ‘बिज सधै अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ र ९८०९००७००० मा कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १२३ ह्यास डायल गरी ‘बिज सधै अनु’प्लानमा सजिलै अपग्रेड गर्न सकिने एनसेलले जनाएको छ ।

    नेपाली व्यवसायीको डेडिकेटेड बिजनेस पाटर्नस्को रुपमा एनसेलले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टर को–लोकेसन, हाई स्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरु प्रदान गदै आएको छ ।

    यी सेवा तथा सुविधाहरु नेपाली इन्टरप्राईज सेगमेन्टका विविध आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएका छन् र यसले अहिलेको परिस्कृत तथा गतिशिल बजारमा भरपर्दो प्रविधि र पुर्वाधारका साथ बिजनेसलाई सशक्त बनाउन मद्दत गर्दछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend